८ बुँदे सहमतिपछि बन्ने भयो ‘फल्चा’
कास्की | असार १७, २०७९
पोखरा: ८ बुँदे सहमतिसहित पोखराको पालिखे चोकमा निर्माणधिन फल्चा विवाद टुङ्गिएको छ । शुक्रबार महानगरका मेयर धनराज आचार्य, भिन्तुना युवा क्लब र स्थानीयहरुबीच पोखरा ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको विषयमा ८ बुँदे सहमति गर्दै विवाद समाधान भएको हो ।
यसअघि भिन्तुना युवा क्लबका अध्यक्ष राजन श्रेष्ठ नेतृत्वाको टोलीले पालिखे चोकमा फल्चा निर्माण रोक्न भन्दै विरोध गर्दै आएका थिए ।

‘फल्चा भित्र हिटी (धारो) नराख्ने, फल्चाको आकार मिलेसम्म सानो बनाउने, हालको मेयरको कार्यकाल भित्र आवश्यक अधिग्रहण गरि पालिखेचोक चक्लाबन्दी गर्ने तथा सो चोकदेखि नालामुखसम्म ढल तथा सडकको स्तरोन्नती कार्यक्रम अगाडी बढाउने साथै भिन्तुना युवा क्लब र सरस्वती मन्दिर संरक्षण समिति र स्थानीयसँग सहकार्य गर्ने’ पत्रमा उल्लेख गरिएको छ ।
यसैगरि विकास गर्ने क्रममा आवश्यक परेको खण्डमा सो फल्चा हटाउन दुवै संस्थासँग सहकार्य गर्ने, वडामा आयोजना हुने हरेक कार्यक्रममा सहकार्य गर्दै अगाडी बढ्ने सहमति भएको छ ।
सकियो ५० प्रतिशत काम
पोखरा महानगरपालिका ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको ५० प्रतिशत काम सम्पन्न भएको छ । अभियन्ता अशोक पालिखका अनुसार महानगरपालिकाले २० गते सम्मको समय दिएकाले फल्चा निर्माण तिन दिनभित्र सम्पन्न हुनेछ ।
सिता विल्डर्सले ठेक्का सम्झौता गरि १९ लाख २२ हजार ९ सय २५ रुपैयाँमा फल्चा निर्माणको काम गरिरहेको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

